कार्यालयकाे स्थान ः स्वौरपानी
साविक स्वौरपानी गा.वि.स समावेश गरी बारपाक सुलिकोट गाउँपालिका वडा नं. ४ कायम गरीएकाे हाे । यस वडाकाे जनसंख्या ५१२६ रहेकाे छ ।
धार्चे, हात्ती सुढ़े मन्दिर , बाल भैरब मन्दिर , फुलदेवी मन्दिर, थानिथान मन्दिर , लप्सिपानी देवी, भैरबनाथ मन्दिर , जलकन्या देवी पोखरी बाराही मन्दिर आदि यस वडाका मुख्य धार्मीक तथा पर्यटकीय स्थलहरू हुन । यस वडामा नेपाली , गुरुङ र तामांग समुदायकाे वसाेवास रहेकाे पाइन्छ ।