FAQs Complain Problems

योजना तथा तथ्याङ्क शाखा

योजना तथा तथ्याङ्क शाखाका कार्य जिम्मेवारीहरू :

  • विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
  • स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्याङ्कन
  • आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगम तथा मूल्याङ्कन
  • वार्षिक विकास कार्यक्रम आयोजना तर्जुमा, कार्यान्वयन
  • विकास निर्माण प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन
  • उपभोक्ता समितिको विवरण, क्षमता विकास
  • विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
  • सङ्घीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य
  • विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समिक्षा
  • विकास योजनाको अनुगमन तथा मूल्याङ्कनको आधार तथा प्रक्रिया निर्धारण आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
  • विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्याङ्कन
  • तथ्याङ्क सङ्कलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
  • सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
  • स्थानीय तथ्याङ्क सङ्कलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
  • आधारभूत तथ्याङ्क सङ्कलन र व्यवस्थापन जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजस्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आबद्धता र पार्श्वचित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
  • बेरोजगारको तथ्याङ्क सङ्कलन
  • स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
  • सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन सम्पन्न भएका तथा चालू योजनाको विवरण
  • विषयक्षेत्रगत सूचना, तथ्याङ्ककको सङ्कलन, अभिलेख
  • प्रदेश तथा सङ्घसँग तथ्याङ्क एवं सूचना आदानप्रदान र समन्वय
  • सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल ) व्यवस्थापन
  • गाउँपालिकाको आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति

द्रष्टव्य : गाउँपालिकाले माथि उल्लेखित विषयक्षेत्र समेट्ने गरी आफ्नो आवश्यकता र प्राथमिकता अनुरूप कार्यालय, शाखा वा उपशाखा वा इकाई सहितको प्रशासनिक ढाँचा स्वीकृत गरी लागू गर्न सक्नेछ ।

Social Security