FAQs Complain Problems

प्रशासन शाखा

प्रशासन शाखाका कार्य जिम्मेवारीहरू :

  • स्थानीय सेवा र अन्य स्थानीय सेवा सरकारी सेवा सञ्चालन सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा एवं कार्यान्वयन र अभिलेख व्यवस्थापन,
  • स्थानीय स्तरका सरकारी निकायको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण र व्यवस्थापन परीक्षण,
  • स्थानीय स्तरका तालीम नीति तथा मापदण्ड निर्धारण र स्तरीकरण तथा राष्ट्रिय र प्रदेशस्तरका तालीम केन्द्रसँगको सम्पर्क एवं समन्वय,
  • स्थानीय स्तरको सार्वजनिक सेवा वितरणको न्यूनतम मापदण्ड निर्धारण र सेवाग्राही सन्तुष्टि सर्भेक्षण तथा सेवा प्रवाहको अनुगमन,
  • गाउँपालिका कर्मचारी र कार्यालयको व्यवस्थापन सम्बन्धी कानून तर्जुमा ।
  • स्थानीय सेवाका कर्मचारीहरूको तथ्याङ्क अद्यावधिक गर्ने,
  • कर्मचारी आचार समिता बनाई लागू गर्ने,
  • कर्मचारीको अनुशासन तथा नियमन सम्बन्धी कार्यहरू,
  • कर्मचारी प्रशासन सम्बन्धी सुझावहरूको प्रतिवेदन गाउँसभा र गाउँ कार्यपालिकालाई पेश गर्ने, यस गाउँपालिका मातहत रहेका कार्यालयहरूको प्रशासनिक अनुगमन
  • यस कार्यालयको मातहतका कार्यालयहरूको प्रशासनिक कार्यहरूको मासिक प्रतिवेदन पेश गर्न लगाई सुझावहरू प्रदान गर्ने,
  • कर्मचारीहरूका सेवा, शर्त र सुविधामा आवश्यक पुर्नलोकन गर्नको लागि गाउँसभामा प्रतिवेदन पेश गर्ने, कर्मचारीको हाजिरी, बिदाहरू तथ्याङ अद्यावधिक गर्ने,
  • कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन,
  • कार्यपालिकाको निर्णयहरूको विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन, कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको वेठक व्यवस्थापन,
  • स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन,
  • बजार तथा हाट बजार व्यवस्थापन,
  • उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
  • स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
  • स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
  • स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
  • उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
  • खाद्य पदार्थको गुणस्तर परीक्षण,
  • खानेपानीको गुणस्तर नियन्त्रण,
  • स्थानीय व्यापार प्रबर्द्धन सहजीकरण र नियमन,
  • स्थानीय बौद्धिक सम्पत्तीको संरक्षण, प्रबर्द्धन र अभिलेखाङ्कन,
  • स्थानीय चाडपर्व, सार्वजनिक बिदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन,
  • उपाधी तथा विभुषण सम्बन्धी सिफारिस, अभिलेख,

 

प्रशासन शाखा प्रमुखः ईश्वरी प्रसाद पनेरु 

सम्पर्कः ९८४६०७०४२२

Social Security