FAQs Complain Problems

२९औँ विश्च अपाँङ्गता दिवसको अवसरमा बारपाक सुलिकोट गाँउपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

"कोभिड १९ पश्वातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता- अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्वता" भन्ने मुल नाराका साथ बारपाक सुलिकोट गाँउपालिकामा २९ औँ विश्च अपाङ्गता दिवसको अवसरमा अपाङ्गता  सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अपाङ्ग  महिला सँघ  गोरखा र बारपाक सुलिकोट गाँउपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रमको अध्यक्षता बारपाक सुलिकोट गाँउपालिकाको उपाध्यक्ष सनमाया गुरुङ्गले गर्नु भएको थियो भने बारपाक सुलिकोट गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, बारपाक सुलिकोट गाँउपालिका वडा न.६ का अध्यक्ष बाबुलाल गुरुङ्ग, विभिन्न वडाका वडा सदस्यहरु, अपाङ्ग महिला सँग गोरखाकी प्रतिनिधि गँगा देवकोटा, विभिन्न क्षेत्रमा क्रियासिल अपाङ्गता भएका अगुवाहरु, बारपाक सुलिकोट गाँउपालिकाका सम्पुर्ण शाखाका शाखा प्रमुखहरु एवम् अपाँङ्गता भएका व्यक्तित्तहरुको उपश्थिति रहेको थियो। बारपाक सुलिकोट गाँउपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक तथा अपाङ्ग शाखा प्रमुख लालमाया तामाङ्गको सँयोजकत्वमा सुरु भएको कार्यक्रममा अपाङ्ग महिला सँग गोरखाकी प्रतिनिधि गँगा देवकोटा,  बारपाक सुलिकोट गाँउपालिका वडा न. ६ का वडा अध्यक्ष बाबुलाल गुरुङ्ग, बारपाक सुलिकोट गाँउपालिकाको रोजगार सँयोजक गिता देबकोटा, बारपाक सुलिकोट गाँउपालिका शिक्षा शाखा प्रमुख, बसन्तराज भट्ट, बारपाक सुलिकोट गाँउपालिका आर्थिक प्रशासन शाखा प्रमुख कल्पना पौडेल रेग्मि, बारपाक सुलिकोट गाँउपालिकाको प्रशासन शाखा प्रमुख ईश्वरी प्रसाद पनेरु लगायतले हरेक ठाँउमा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता बढाउने कार्यमा पहल गरि अपाँङ्गता भएका व्यतिहरुलाई आत्मनिर्भर बनाउने कुरामा आफूले आवश्यक भुमिका खेल्ने कुरामा जोड दिनुभयो। अपाँङ्गता भएका व्यक्तिहरुको विभिन्न प्रश्नहरुको जवाफ दिँदै कार्यक्रमका प्रमुख अतिथि एवम् बारपाक सुलिकोट गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले अपाङ्गता भएका ब्यतिहरु माग भएअनुसारको तालिम प्रधान गरी दक्ष बनाउन पहल गर्ने कुरामा  प्रतिवद्वता द्ता  जनाउनु भयो। साथै गाँउपालिकामा बन्दै गरेका विकास निर्माणका कार्यहरु जस्तै प्रशासकिय भवन, वडा कार्यालयहरु सम्भव भएसम्म अपाँङ्गमैत्री बनाउन प्रभावकारी भुमिका निर्वाह गर्ने कुरामा आश्चासन दिनुभयो।अन्तयमा: कार्यक्रमको समापन गर्दै कार्यक्रमको अध्यक्ष एवम् बारपाक सुलिकोट गाँउपालिकाको उपाध्यक्ष सनमाया गुरुङ्गले सम्पुर्ण अपाङ्गता भएका व्यतिहरुलाई आँफुले गर्न सक्ने र आवश्यक पर्ने तालिम तथा चिजविजहरु माग गर्न र आफूलाई परेको समस्या बेझिझक उहाँ समक्ष राख्न समेत आग्रह गर्नुभयो। साथै अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि सम्पुर्ण वडा कार्यालयहरुमा अपाङ्ग समिति गठन गरी अपाङ्ग सम्बन्धि बजेट कार्यान्वयनमा पहल गर्ने र अन्यायमा अपरेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उहाँहरुलाई न्याय दिने प्रतिवद्दता समेत जनाउनुभयो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: