FAQs Complain Problems

लैँङ्गिक हिँसा विरुद्वको १६ दिने अभियानको अबसरमा बारपाक सुलिकोट गाँउपालिकाका विभिन्न वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैँङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान अन्तर्गत "लैँङ्गिक हिंसा अन्त्यको प्रतिबद्वता ब्यक्ति समाज सबैको ऐक्यबद्वता" भन्ने मुल नारालाई आत्मसात गर्दै बारपाक सुलिकोट गाँउपालिकामा लैँङ्गिक हिंसा विरुद्व विभिन्न किसिमको कार्यक्रमहरु आयोजना गरि मनाईएको छ। बिभिन्न वडामा वडा स्तरका महिला सहकारी सँस्था तथा निगरानि समुहका सदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम तथा गाँउपालिकामा महिला सहकारी सँस्थाका सदस्यहरु बिच वक्तित्वकला प्रतियोगिता आयोजना गरिएको थियो।

बारपाक सुलिकोट गाँउपालिका उपाध्यक्षको अध्यक्षता साथै महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लालमाया तामाङको संयोजकत्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रमा स्थानिय वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरु, महिला समुहका सदस्यहरु र अन्य महिला सहभागिहरुको उपस्थिति रहेको थियो। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईने १६ दिने अभियानको अवसरमा  बारपाक सुलिकोट गाँउपालिकाका बारपाक,स्वाँरा,सौरपानी र पन्द्रुङका वडामा संचालित कार्यक्रममा लैङ्गिक हिंसामा परेका साथै उपस्थित महिलाहरुले आफुँलाई परेको समस्याहरु प्रस्तुत गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानिय वडाका वडा अध्यक्षहरुले लैँङ्गिक हिंसा लगायत अन्य घरेलु हिंसाको उजागर गर्न तथा हिँसालाई बाहिर ल्याउन १६ दिने अभियान मात्र नभइ अरु समयमा पनि महिला सशक्तिकरण तथा जनचेतनामुलक कार्यक्रमहरु सँचालन गरिने साथै नडराई त्यस्ता घटनाहरुको बारेमा खुलेर प्रस्तुत हुन आग्रह गर्नुभयो।

अन्तरक्रिया कार्यक्रमको अध्यक्ष एवम गाँउपालिका न्यायिक समितिको संयोजक  गा.पा. उपाध्यक्ष सनमाया गुरुङले हिंसामा परेको भए आफ्नो समस्या राख्नुहुन अनुरोध गर्दै पिडित महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई कटाइ तालिमहरु संचालन भैरहेको साथै नभएको वडाहरुमा छिट्टै सँचालन गरिने कुरामा आस्वासन दिनुभयो। हिँसामा परेका महिलाहरुलाई नडराई आफ्नो समस्या आवस्यक परेको खण्डमा न्यायिक समितिमा राख्न अनुरोध गर्दै आँफुले सक्दो सहयोग गर्ने प्रतिवद्वता जाहेर गर्दै कार्यक्रमको समापन गर्नुभयो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: