FAQs Complain Problems

भौतिक पुर्वाधार विकास मन्त्रि माननिय रामशरण बस्नेतज्यू बाट बहुउद्देश्यीय सभाहलको शिलान्यास सम्पन्न

बारपाक सुलिकोट गाउँपालिकाको बहुउद्देश्यीय सभाहलको शिलन्यास सम्पन्न भएको छ। गण्डकि प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि माननिय रामशरण बस्नेतज्यू बाट सभाहलको यहि मिति २०७७।०९।०२ गते शिलान्यास भएको हो।गाँउपालिका अध्यक्ष श्री बिष्णु प्रसाद भट्ट को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा मन्त्रि बस्नेतका अलावा उपाध्यक्ष श्री सनमाया गुरुङ, ने.क.पा. गण्डकि प्रदेश सदस्य श्री भगवति तिवारी, ने.क.पा. बारपाक सुलिकोट अध्यक्ष श्री नर बहादुर गुरुङ, बारपाक सुलिकोट गाउँपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, गण्डकि प्रदेशका भौतिक पुर्वाधार मन्त्रालयमा कार्यरत कर्मचारी, बारपाक सुलिकोट गाउँपालिकाका कर्मचारी साथै अन्य जनसमुदायहरुको उपस्थिति रहेको थियो।

 कार्यक्रममा मन्तब्य राख्दै गाँउपालिका अध्यक्ष श्री बिष्णु प्रसाद भट्टले यो आर्थिक बर्षमा प्रदेश साझेदारीमा रहेका ३ वटा कार्यक्रम (गा.पा. प्रशासकिय भवन, बहुउद्देश्यीय सभाहल र घ्याम्पेशाल- ताकुकोट सडक)  को भौतिक प्रगति र वित्तिय प्रगतिको समिक्षा गर्नुभयो। प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकामा बन्न लागेको उक्त सभाहलको लागत १,२२,२६०३४ रहेको र  सिराईचुली निर्माण प्रा.लि.ले २०७८ जेठ १५ सम्म सम्पन्न गर्ने गरी सभाहलको सम्झौता भईसकेको जानकारी दिँदै साथै उँहाले प्रदेशबाट विनियोजन हुने आगामी बजेटमा बारपाक सुलिकोट गाँउपालिकाका अधुरा आयोजनाहरुलाई सम्बोधन गर्न ध्यानाकर्षण गराउनुभयो।

कार्यक्रमको अन्त्यमा बारपाक सुलिकोटको बहुउद्देश्यिय सभाहलको शिलान्यास गर्ने अबसर पाएकोमा आभार ब्यक्त गर्दै माननिय मन्त्रि रामशरण बस्नेत ज्यू ले तोकिएको समयमा सम्पन्न गर्न सके प्रदेश सरकारले तोकिएको रकम उपलब्ध गराउने प्रतिबद्वता जनाउनुभयो। प्रदेश साझेदारीमा निर्माण भईरहेका योजनाहरुको अनुगमनमा रहनुभएका मन्त्रि बस्नेतले घ्याम्पेसाल- ताकुकोट सडक को पिच कार्य समयमै सकाउन निर्माण ब्यबसायिहरुलाई झकझक्याउने र आँफुले थप अनुगमन र निरिक्षण गर्ने आश्चासन दिनुभयो।गोरखाका ९ स्थानिय तहमध्ये बिकट मानिने बारपाक सुलिकोट गाँउपालिकामा जनताको असुबिधालाई सुबिधामा ल्याउन भईरहेका गाउँपालिकाको प्रसंसनिय कार्यक्रमहरुको प्रसंशा गर्दै अझै क्रियासिल भएर अगाडि बढ्न प्रेरित गर्दै आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्वता समेत जाहेर गर्नुभयो।

आर्थिक वर्ष:

Social Security

आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज:
आर्थिक वर्ष:
दस्तावेज: