बारपाक सुलिकोट गाउँपालिकामा सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता सुद्विढिकरण आयोजनाका लागि वडा स्तरिय पन्जिकाधिकारीलाई ४ दिने तालिम सम्पन्न भएको छ। बारपाक सुलिकोट गाउँपालिका पन्जिकरण शाखाको आयोजनामा मिति २०७७।०९।०५ गते देखि मिति २०७७।०९।०८ गते सम्म भएको सो कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट ज्यू, उपाध्यक्ष सनमाया गुरुङ ज्यू, प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी ज्यू, सम्पुर्ण शाखाका शाखा प्रमुख,साथै पन्जिकरण शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।सो तालिममा पन्जिकरण शाखाका प्रमुख MIS अपरेटर राजिन गुरुङ्गले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको अन्तिम दिनमा राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका निर्देशक युवराज कट्टेल ज्यू ले समेत भर्चुअल रियालिटि मार्फत कार्यक्रममा सहजिकरण गर्नुभएको थियो। स्थानिय पन्जिकाधिकारीहरुको गर्नुपर्ने मुख्य कार्यहरुको समिक्षा गर्दै उहाँले स्थानिय पन्जिकाधिकारीहरुको समस्या र उठेका जिज्यासा हरुको उत्तर दिँदै समस्या परेको खण्डमा राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभागले यथासिग्घ्र समस्या सुल्झाउन पहल गर्ने कुरामा आश्वासन दिनुभयो।
कार्यक्रमका बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी ज्यूले वडा पन्जिकाधिकारीहरुलाई उच्च मनोबलका साथ कार्य गर्न हौसला प्रधान गर्दै, काम गर्दै गर्दा परिआएका समस्याहरु सुल्झाउन कार्यालय सदैव तत्पर रहेको बताउनुभयो।कार्यक्रमका अध्यक्ष एवंम गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट ज्यू,ले तत्काल सामाजिक सुरक्षा भत्ता बैंक मार्फत भुक्तानि गर्नुहुन र ब्यक्तिगत घटना दर्ता अनलाईन मार्फत संचालन गर्नुहुन अनुरोध गर्नुभयो। साथै सो कार्यक्रम कार्यान्वयनमा परिआएका समस्याहरुको समाधान गर्न आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाउँदै कार्यक्रमको समापन गर्नुभयो।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    