बारपाक सुलिकोट गाउँपालिकाको पन्जिकरण शाखाको समन्नयमा बारपाक सुलिकोट गा.पा.को विभिन्न वडामा घटना दर्ता अभियान भईरहेको छ। राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको आयोजनामा बैसाख १ देखी १६ सम्म देशैभर घटना दर्ता अभियान सन्चालन भईरहेको हो।जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो, जन्मेको ३५ दिन भित्रै आफ्नो स्थायी ठेगानाको वडा कार्यालयमा गई दर्ता गरौं,जन्म र मृत्यु दर्ताको सूचना परिवारको मुख्य व्यक्तिले र निजको अनुपस्थितिमा परिवारको १८ वष उमेर पुगेको व्यक्तिले सूचना दिन सक्छन्, जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो,विवाहको सूचना पति र पत्नी दुवैले दिनु पर्छ,सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्, बसाई सराई दर्ता गर्दा व्यक्ति आफू मात्र बसाई सरी गए व्यक्तिले र परिवार नै बसाई सरी गए परिवारको १८ वर्ष उमेर पुगेको व्यक्तिले सूचना दिनु पर्छ भन्नेजस्ता जानकारीहरु स्थानिय समुदायमा जानकारी दिन यो अभियान बारपाक सुलिकोट गाउँपालिकाको बिभिन्न वडाहरुमा, स्वास्थ्य चौकिहरुमा,विद्यालयहरुमा र स्थानिय टोलटोलमा भईरहेको छ।